काठमाडौं, २४ असार । संसद्को अवरोध हटाउने विषयमा सत्तापक्ष र प्रतिपक्ष दलका शीर्ष नेताबीच समझदारी बनेको छ ।

आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलमा संसद्को अवरोध हटाउने विषयमा समझदारी बनेको हो ।

यही १८ असारमा प्रधानमन्त्री प्रचण्डले दिएको एक अभिव्यक्तिलाई लिएर एमालेले उनको राजीनामा मागेको थियो ।

एमालेलगायत प्रतिपक्ष दलको अवरोधका कारण पटकपटक संसद् बैठक स्थगित भएको छ ।