जनकपुरधाम, २३ असार । मंगलम डाइग्नोष्टिक सेन्टर जनकपुरधाम शाखाले आफ्नो तेस्रो निःशुल्क स्वाथ्य शिविर सम्पन्न गरेको छ ।

जनकपुरधामस्थित वडा नम्बर-११ लक्ष्मण अखाड़ा छेउमा रहेको सामुदायिक विद्यालयमा सम्पन्न शिविरमा १३० महिला र ६४ जना पुरूषले जांच गराई लाभ उठाएका छन् ।

सेन्टरका जनकपुरधाम शाखा प्रमुख अर्थ ठाकुरलाइ स्थानीय आयोजनले सम्मान समेत गरेका छन् । मनोकामना युवा कमिटिको विशेष आग्रहमा सेन्टरले शिविर आयोजना गरेको र कम समयमै समाजको लागि निरन्तर शिविरको माध्यमबाट आफ्नो योगदान दिएको भन्दै शाखा प्रमुख ठाकुरलाई सम्मान गरिएको हो ।

क्लवको सहकार्यमा आयोजित शिविरमा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले आफ्नो रगत परीक्षण गराई शिविरको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा क्लवका पदाधिकारी सँगै नेकपा एमालेका युवा नेता सुरेन्द्र भण्डारी लगायत नागरिक समाजको उल्लेख्य उपस्थित रहेको थियो ।

मंगलम सधै समाजको साथ रहने र आफुले सकेसम्म सहयोग गर्ने शाखा प्रमुख ठाकुरले बताए ।

समाजमा अहिले रोगले जड़ जमाई सकेकोले समय समयमा चेकजांच गराउन उनले सुझावसमेत दिए ।

विगत एक दशकदेखी पर्साको वीरगंजमा सेवा दिँदै आएको मंगलम डाइग्नोष्टिक सेन्टरले आफ्नो शाखा विस्तारको क्रममा गत महिना मात्र जनकपुरधाममा शाखाको विधिवत शुभारम्भ गरेको थियो ।

वरिष्ठ डॉक्टर अमरनाथ ठाकुरले संचालनमा ल्याएको मंगलम ल्याब कम समयमै चेकजांचमा चर्चित बनेको छ ।

‘मंगलमका जनसम्पर्क अधिकारी नरेश लाभले भने, ‘हाम्रो उदेश्य मात्र पैसा कमाउनु होइन । समाजलाई केहि दिने पनि हो , त्यसैले निःशुल्क शिविर सँगै आफूहरुले अन्य जांचमा पनि २० प्रतिशत छुट दिने गरेका छौं । ‘

शनिवार बिहान ७ बजेदेखी सुरु भएको शिविर बिहान साढे १० बजेसम्म चलेको थियो । शिविरमा पुरुष भन्दा बढ़ी महिलाहरू उपचारका लागि आएको लाभले बताए ।