प्रधानमन्त्रीको राजीनामा मागेर एमालेले गल्ती गरेको टिप्पणी

काठमाडौं, २३ असार । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नेकपा एमालेले स्पष्टिकरणको मौका समेत नदिई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेर गल्ती गरेको टिप्पणी गरेका छन् ।
शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । एमालेले प्रधानमन्त्री दाहाललाई स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेर फसेको उनको दाबी थियो ।
उपाध्यक्ष पाण्डेले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री दाहालले राजीनामा दिन नपर्ने निर्णय लिएको समेत स्मरण गराए । एमालेले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


