जनकपुरधाममा ट्राफिक लाइट जडान हुँदै

जनकपुरधाम, २३ असार । मधेस प्रदेशको राजधानी जनकपुरधाममा ट्राफिक लाइट जडानको काम सुरु गरिएको छ ।
प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले पहिलो चरणमा नगरभित्रका पाँच स्थानमा ट्राफिक लाइट जडानको काम सुरु गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक शेखर साहले पहिलो चरणमा भनुचौकदेखि मुरलीचौकसम्मको क्षेत्रमा पोलहरुमा ट्राफिक लाइट जडान गर्न लागिएको जानकारी दिए ।
उनले पहिलो चरणमा यस आर्थिक वर्षभित्र नगरभित्रका मुख्यमुख्य चोकहरु भानुचोक, मुरली चोक, राम चोक, शिव चोक र कदम चोक गरि पाँच स्थानमा ट्राफिक लाइट जडान भइरहेको बताए ।

नगरभित्र लाइटको माध्यमबाट ट्राफिक व्यवस्थापन गर्दा कम जनशक्ति लाग्ने मात्र नभई नागरिकमा प्रविधिप्रति सम्मान गर्ने भावनाको विकास हुने पनि प्रहरी निरीक्षक साहले बताए ।
जनकपुरधामको ट्राफिक व्यवस्थापनलाई प्रविधिमा लैजाने योजना अनुरुप पहिलो चरणमा पाँच स्थानमा लाइट जडान गर्न लागिएको उनले बताए ।
उनले विस्तारै नगरभित्रका सम्पूर्ण चोकहरुमा ट्राफिक लाइट जडान गरिने जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


