सप्तरी, २३ असार । सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

जिल्लाको छिन्नमस्ता गाउँपालिका–५ स्थित मुसहरी टोलमा बाटोको ढलान कार्यमा संलग्न कामदार २७ वर्षीय रामेश्वर मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।