पर्सा, २२ असार । भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको जन्मदिनको अवसरमा शुक्रबार वीरगञ्जमा झोला वितरण गरिएको छ ।

वीरगञ्जका युवाहरूले धोनीको ४२औँ जन्मदिन परोपकारी कार्य गरेर मनाएका हुन् ।

जन्मदिनको अवसरमा एमएस धोनी फ्यान क्लबका युवाहरूले दलित परिवारका बालबालिकालाई स्कुल ब्याग र रिक्सा तथा ठेला चालकहरूलाई गम्छा र पानी वितरण गरेका छन् ।

वीरगञ्जस्थित हाम्रो पाठशालामा अध्ययनरत २५ जना दलित बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको क्लबका अध्यक्ष विक्की सर्राफले जानकारी दिए ।

त्यस्तै, रिक्सा तथा ठेला चलाउने एकसय जना मजदुरहरूलाई गम्छा र पानी वितरण गरिएको सर्राफले बताए ।