प्रचण्डले रअका प्रमुखलाई भेटेको ओलीको आरोप

काठमाडौं, २२ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको आरोप लगाएका हुन् ।
उनले उक्त भेट पनि प्रधानमन्त्रीले लुकाएको दाबी गरे । ओलीले भारतीय गुप्तचर प्रमुख नेपालमा आएका बेला आफूले सार्वजनिकरूपमै भेटेको र कुनै कुरा नलुकाएको पनि बताए ।
उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा गुप्तचर प्रमुखकै घरमा भेटेको कुरा लुकाएर राष्ट्रहितको पक्षमा कुनै कुरा नगरेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


