बारा, २२ असार । सशस्त्र प्रहरीले बाराबाट लाखौं मुल्य बराबरको मोबाइलको पीभीसी टेम्पर ग्लास बरामद गरेको छ ।

पूर्वपश्चिम राजमार्गस्थित बाराको निजगढ नगरपालिका ८ बकैया पुल क्षेत्रबाट सशस्त्र प्रहरीले ८ लाख रुपैयाँ बराबरको मोबाइलको पीभीसी टेम्पर ग्लास बरामद गरेको हो ।

महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको ना ५ ख ४७६७ नम्बरको यात्रुबाहक बसमा जाँच गर्दा न्यून बिलबिजक भएको उल्लेखित मूल्य बराबरको १६ हजार ग्लास सुरक्षा बेस निजगढले बरामद गरेको छ ।

१६ वटा कार्टुनमा राखिएका बरामद ग्लास राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।