काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जितेन्द्र बस्नेत

काठमाडौं, २० असार । गृह मन्त्रालयले सहसचिव एवं मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरेको छ ।
मन्त्रिस्तरीय निर्णयबाट गृहमन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखसमेत रहेका बस्नेतलाई काठमाडौंको सिडिओमा सरुवा गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई उक्त जिम्मेवारी दिएको छ ।
८ वर्ष सहसचिव भएका बस्नेत विगतमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशक, गोरखा, चितवन, पर्सामा सिडिओका रूपमा काम गरिसकेका छन् ।
यस्तै, उनीसँग पुनःनिर्माण प्राधिकरण, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा प्रदेश कार्यालयमा काम गरेको अनुभव पनि छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


