राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल डुबानमा

सप्तरी, २० असार । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल डुबानमा परेको छ । पानीको निकास नहुँदा अस्पतालको ओपिडी, एक्स–रे, औषधि पसल र आवास डुबानमा परेको हो ।
मंगलबार रातिबाट अत्यधिक वर्षा भइरहँदा जिल्लाका विभिन्न भू–भागहरु डुबानमा परेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार सप्तरीमा पछिल्लो २४ घण्टामा २ सय मिलिमिटरसम्म वर्षा भएको छ ।
अत्यधिक वर्षाका कारण सप्तकोशी नदीसहित अन्य नदीहरूमा बहाब बढेको छ । वर्षाको पानीको निकास नहुँदा ग्रामीण क्षेत्रका घरहरू डुबानमा परेका छन् ।
निरन्तरको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाब बढ्न थालेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


