श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ

सप्तरी, २० असार । सप्तरी प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
जिल्लाको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ३२ वर्षीया किरणकुमारी चौधरीको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
मंगलबार दिउँसो उनी कोठामा बेहोस अवस्थामा भेटिएकी थिइन् ।
उनलाई तत्काल उपचारका लागि कठौनास्थित कृष्ण अस्पताल पुर्याइएपनि चिकित्सक मृत घोषणा गरेका थिए ।
अस्पतालमा किरणको मृत्यु भएपछि उनका श्रीमान् ईनरदेव चौधरी मंगलबार नै पक्राउ परेका थिए ।
सामान्य सोधपुछका क्रममा उनले श्रीमतीमाथि कुटपिट गरेको थाहा पाएपछि उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


