सम्सी गाउँपालिकाका लेखापाल घुससहित पक्राउ

जनकपुरधाम, २० असार । महोत्तरीको सम्सी गाउँपालिकाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले सम्सी गाउँपालिकाका लेखापाल रोशन चौरसियालाई घुससहित पक्राउ गरेको हो ।
लेखापाल चौरसियाले कुनै सेवाग्राहीसँग काम गरेबापत १ लाख २५ हजार रुपैयाँ घुस लिएको बताइएको छ । उनलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।
अख्तियारको टोली गाउँपालिकाको कार्यालयमा पुगेर उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताइएको छ ।
विस्तृत केहीबेरमा
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


