काठमाडौं, १९ असार । सरकारले काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

बैठकले केही ठेक्काहरूको म्याद थप गर्ने निर्णय गर्नुका साथै सहरी क्षेत्र यातायात व्यवस्थापन प्राधिकरणमा अर्को व्यवस्थापन नभएसम्म सहसचिव कुवेर नेपालीलाई जिम्मा दिने निर्णय भएको एक मन्त्रीले रातोपाटीलाई बताए ।