ललितानिवास प्रकरणमा पक्राउ परेकाहरुविरुद्ध थप ७ दिनको म्याद

काठमाडौं, १९ असार । जिल्ला अदालत काठमाडौंले ललितानिवास प्रकरणमा पक्राउ परेकाहरुविरुद्ध थप ७ दिनको म्याद दिएको छ । जिल्ला अदालतले मंगलबार थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको हो ।
ललितानिवास प्रकरणमा हालसम्म ९ जना पक्राउ परेका छन् । भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीकुमार शाह, मालपोतका पूर्वकर्मचारीहरु गोपाल कार्की र धर्मप्रसाद गौतम, काठमाडौं महानगरपालिकाका अधिकृत शिवजी भट्टराईसहित घमनकुमार कार्की र बाबुराजा महर्जन, समरजंग कम्पनीका तत्कालीन प्रमुख तथा नासु रमेशकुमार पोखरेल, मोही देवनारायण महर्जन थुनामा छन् ।
यो प्रकरणमा ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ परेकाविरुद्ध मुलुकी ऐन २०२० अन्तर्गत सरकारी कीर्तेको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


