काठमाडौं, १८ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।

पेट्रोल तथा डिजेल–मट्टीतेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गको लागि क्रमशः ७.५ , ६ र ५ रुपैयाँले मूल्य घटाएको निगमले जनाएको छ ।

आन्तरिकतर्फको हवाई इन्धन पनि प्रतिलिटर १४ रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा भने प्रतिलिटर १५ रुपैयाँले घटाइएको निगमले जनाएको छ ।

पहिलो वर्गअन्तर्गत चारआली, जनकपुरधाम, वीरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी पर्दछ भने दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा तथा दीपायल पर्दछन् ।

जसअनुसार अब नेपालभित्रै पेट्रोलको मूल्य १६७ देखि १७० रुपैयाँसम्म पर्नेछ । त्यस्तै, डिजेल र मट्टीतेल ठाउँअनुसार १४७ देखि १५० सम्म पर्नेछ ।