अब एउटा पार्टीको सदस्यले अर्काे पार्टीबाट चुनाव लड्न नपाउने

काठमाडौं, १८ असार । अब एउटा पार्टीको सदस्यले अर्काे पार्टीबाट चुनाव लड्न नपाउने भएका छन् ।
निर्वाचन आयोगले अरु पार्टीको चुनाव चिह्नबाट उम्मेदवार बन्नुअघि आबद्ध रहेको पार्टीबाट राजीनामा दिनुपर्ने व्यवस्था प्रस्ताव गरेको हो ।
सोमबार बसेको बैठकले त्यस्तो व्यवस्था गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आयोगले ’कुनै एक राजनीतिक दलको सदस्य रहेको व्यक्ति त्यस्तो दलको सदस्य पद त्याग नगरी अर्को राजनीतिक दलको तर्फबाट उम्मेदवार हुन नसक्ने,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आयोगको बैठकले नेपालको संविधान, सर्वोच्च अदालतबाट भएका निर्देशनात्मक आदेश तथा अन्तर्राष्ट्रिय अभ्यास र विगतका अनुभव तथा पृष्ठपोषणसमेतका आधारमा साविकको निर्वाचनसम्बन्धी कानुनमा परिमार्जन गरी ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ नेपाल सरकार गृह मन्त्रालयमार्फत संसदमा पेस गर्ने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


