जसपा सम्बद्ध कानुन व्यवसायीको राष्ट्रिय सम्मेलन हुने

काठमाडौं, १७ असार । जनता समाजवादी पार्टी नेपाल सम्बद्ध संघीय कानुन व्यवसायी एसोसिएशनको राष्ट्रिय सम्मेलन हुने भएको छ ।
सो सम्मेलन आगामी साउन ५ र ६ गते काठमाडौँको बूढानिलकण्ठ शिवपुरीस्थित नोभा रिसोर्टमा आयोजना हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।
बैठकले राष्ट्रिय सम्मेलन सम्पन्न गर्न व्यवस्थापन समिति आर्थिक समिति, प्रचार प्रसार समिति र जनसम्पर्क समिति गठन समेत गठन गरेको छ ।
यो संगठन पार्टीमा बौद्धिक पेसाकर्मी महासंघ अन्तर्गतको घटक संगठनको रुपमा रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


