काठमाडौं महानगरले ललिता निवासको जग्गालाई तारबार गर्ने

काठमाडौं, १७ असार । काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गालाई तारबार गर्ने भएको छ ।
आइतबार ललिता निवासमा पुगेको महानगर प्रहरीको टोलीले अस्थायी वा अनधिकृत संरचना हटाउन र उक्त क्षेत्रलाई तारबारले घेर्ने जनाएको हो ।
महानगरको टोली ललिता निवास परिसर पुगेर संरचना हटाउन सूचना टाँस्दै त्यस क्षेत्रलाई तारबारले घेर्ने बताएको छ ।
काठमाडौं महानगरपाकिलाको स्वीकृति बिना निर्माण भएका वा निर्माणाधीन संरचना हटाउन महानगरपपालिकाले आग्रह गरेको छ ।
दुई दिनभित्रमा अस्थायी र अनाधिकृत संरचना नहटाए महानगरपालिकाले भत्काउने चेतावनी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


