असार २१ गतेका लागि कांग्रेसले बोलायो जिल्ला सभापतिहरुको भेला

काठमाडौं, १७ असार । नेपाली कांग्रेसले असार २१ गतेका लागि जिल्ला सभापतिहरुको भेला डाकेको छ । कांग्रेसका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जिल्ला सभापतिको भेला डाकेको जानकारी दिएका हुन् ।
कार्यवाहक मुख्य सचिव पराजुलीका अनुसार नयाँ सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणका लागि अन्तक्रिया तथा छलफल गर्न केन्द्रीय कार्यालय सानेपामा भेला डाकिएको हो ।
कांग्रेसले यसै असारबाट अनलाइनमार्फत पनि सदस्यता वितरण प्रक्रिया सुरु गरेको छ । विगतमा महाधिवेशन नजिक वितरण र नवीकरण हुने हुँदै आएको थियो ।
यसपटकदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तल्लो तहलाई परिपत्र गरेर सदस्यता वितरण गर्न निर्देशन दिइसकेका छन् ।
गत सातादेखि अनलाइनबाट सदस्यता लिन सकिने व्यवस्था गरिएको छ । साथै, वडा तहले क्रियाशील सदस्यता नवीकरणको कार्य जारी राखेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


