काठमाडौं, १७ असार । प्रहरीले ५०० दरका १८० वटा नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ स्थायी घर भई हाल ललितपुरको ईमाडोल बस्ने ४२ वर्षीय प्रशान्त भन्ने पासाङ भोम्जन रहेका छन् ।

उनलाई काठमाडौं उपत्यकाको बिभिन्न स्थानमा नक्कली नोटहरुको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले इमाडोलबाटै पक्राउ गरेको कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

उनका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।