जिम्बाव्वेलाई पराजित गर्दै श्रीलंका विश्वकप क्रिकेटमा छनोट

काठमाडौं, १७ असार । जिम्बाव्वेलाई ९ विकेटले पराजित गर्दै श्रीलंका विश्वकप क्रिकेटमा छनोट भएको छ ।
विश्वकप क्रिकेट छनोट प्रतियोगितामा अपराजित रहेको श्रीलंकाले सुपर सिक्समा घरेलु टिम जिम्बाव्वेलाई हराउँदै एक खेल अघि नै विश्वकपमा छनोट भएको हो ।
बुलवायोमा घरेलु टोलीले दिएको १६६ रनको सामान्य लक्ष्य श्रीलंकाले ३४ औं ओभरमा १ विकेट गुमाएर भेट्टायो ।
श्रीलंकाका लागि पथुम निसन्काले नट आउट १०१ रन बनाए । कुशल मेन्डिस २५ रनमा नट आउट रहे भने दिमुथ करुणारत्ने ३० रनमा आउट भए ।
यसअघि पहिला ब्याटिङ गरेको घरेलु टोलीले ३२.२ ओभरमा सबै १० विकेट गुमाएर १६५ रन बनाएको थियो । उसका लागि सेन विलियम्सले ५६ रन बनाए ।
हारपछि पनि जिम्बाव्वेको विश्वकपमा छनोट हुने संभावना बलियो छ । तर उसले त्यसका लागि सोमबार हुने खेलमा स्कटल्याण्डलाई हराउनु पर्नेछ ।
विश्वकप क्रिकेट आउँदो अक्टोबर नोभेम्बरमा भारतमा हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


