घुस लिएको अभियोगमा दुईजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं, १७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नापी कार्यालय मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले उनीहरूलाई १ अर्ब ७५ करोड बराबरको घुस रकमसहित पक्राउ गरेको थियो ।
आरोपीद्वयलाई बिगो बमोजिम कारबाहीको माग गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


