इटहरी, १७ असार । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मेयर र उपमेयर पद खारेजको माग गर्न नेकपा एमालेलाई चुनौती दिएका छन् ।

एमालेले मेयर कोष र उपमेयर कोष खारेज गर्ने प्रस्ताव गरेको भन्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो आक्रोश व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, ‘मेयर कोष र उपमेयर कोष खारेज गर्ने प्रस्ताव राख्ने एमालेले मेयर र उपमेयर पद नै खारेज गर्ने माग गर्नु नि बरु ! अनि विस्तारै चुनाव र लोकतन्त्र पनि खारेज गर्ने माग गर्नु ’ मूर्खको औषधि नही होन्दा !