सुमनलाई अमेरिकामा स्वर्णपदक

काठमाडौं, १७ असार । नेपाली कराते खेलाडी सुमन तिमल्सिनाले युएस ओपन आइएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन् ।सुमनले सिनियर पुरुष एकल कातामा स्वर्णपदक जितेका हुन् ।
इन्टरनेसनल स्पोर्ट्स कराते एसोसिएसन आइएसकेए, युएसएको आयोजनामा अमेरिकाको फ्लोरिडामा भएको उक्त प्रतियोगितामा सुमनले २९.९५ अंक जोडे ।
गुवाटेमाला दोस्रो तथा जर्मनी र अमेरिकाका खेलाडी तेस्रो भए । सुमनका अनुसार उनले प्रतिस्पर्धा गरेको स्पर्धामा विभिन्न राष्ट्रका १२ खेलाडी सहभागी थिए ।
प्रतियोगिता जुन २९ देखि जुलाई १ तारिखसम्म भएको थियो । सुमनले यसअघि बंगलादेशमा भएको तेस्रो कन्टिनेन्टल एसियाली करातेमा स्वर्ण, श्रीलंकामा भएको प्रथम अन्तर्राष्ट्रिय करातेमा स्वर्ण, भारतमा भएको छैटौँं एसियाली गोजुरियो करातेमा रजत पदक जितेका थिए ।
त्यस्तै, उनले मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो करातेमा कांस्य र जर्मनीमा भएको चेम्निज ओपन करातेमा स्वर्णपदक जितेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


