‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित

काठमाडौं, १७ असार । प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।
बैठकमा सो प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक असार २० गते बुधबार अपराह्न ३ बजेका लागि बोलाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


