काठमाडौं, १७ असार । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

आईओसीले यसपटक पेट्रोल प्रतिलिटर १४ पैसा घटाउँदा डिजल २ रुपैयाँ १६ पैसा बढाएर पठाएको हो ।

त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १६१ रुपैयाँ घटेर आएको नेपाल आयल निगमले जनाएको छ । ग्यासको मूल्य घटेर आएपछि निगमलाई ग्यासमा अब नोक्सानी नरहेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

निगमलाई आईओसीले १५÷१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँदै आएको छ ।