जनकपुरधाम, १६ असार । सिरहा प्रहरीले खैरो हिरोईन जस्तो देखिने लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ ।

सिरहा नगरपालिका–७ ट्राफिक चोकस्थित स. १० प. ६१७७ नम्बरको मोटरसाइकलमा सवार तीनजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–२० बस्ने १९ वर्षीय सत्यनारायण कारक, वडा नम्बर–८ बस्ने २० वर्षीय विवेक ठाकुर र १९ वर्षीय मनिष यादव रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट खैरो हिरोईन जस्तो देखिने लागूऔषध ६२.२१ ग्राम र तौल गर्ने डिजिटल मेसिन समेत बरामद भएको प्रहरीले जनाएको छ ।