क्षिरेश्वरनाथ–८ को वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनीको प्रयास

जनकपुरधाम, १५ असार । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर–८ को वडा कार्यालयमा अज्ञात समूहले आगजनीको प्रयास गरेको छ ।
बिहीबार राति करिब १२ देखि २ बजेको बीचमा अज्ञात समूहद्वारा सीतानगरस्थित वडा कार्यालयको भवनको ढोकामा मोबिल छर्केर आगो लगाउने प्रयास गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
प्रहरीका अनुसार वडा कार्यालयको ढोकामा लगाइएको तालासमेत फोड्ने प्रयास भएको थियो । वडा कार्यालयमा ठुलो क्षति नपुगेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले एकजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


