ओमन, १५ असार । सरकारले एक महिनाभित्र नियमावली बनाएर गैरआवासीय नेपाली (एनआरएनए) लाई नागरिकता वितरणको काम सुरु गर्ने भएको छ ।

उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै प्रक्रिया पूरा गरेर एक महिना भित्रै नियमावली बनाएर एनआरएनए नागरिकता वितरण सुरु गर्ने सरकारको घोषणा गरेका हुन् ।

एक महिनाअघि राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । उपप्रधानमन्त्री खड्काले एनआरएनएको सबै माग सम्बोधन गर्न सरकार तयार रहेको पनि बताए ।

एनआरएनएको साथमा सरकार, दल र सिंगो संसद रहेको उनको भनाइ थियो । एनआरएनएको सन्दर्भमा नेपालमा सत्ता र प्रतिपक्ष नरहेको भन्दै उनले एकता भावका साथ एनआरएनएलाई हेर्ने बताए ।