पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

काठमाडौं, १५ असार । प्रहरी वृत्त, बानेश्वरको टोलीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई पक्राउ गरेको छ ।
रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता भएको आधारमा पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताएका छन् ।
बाँकेका एसपी सन्तोष सिंह राठौरका अनुसार रौनियार काठमाडौंमा बस्ने भएकाले पक्राउ गरिदिन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुरोध गरिएको थियो ।
रौनियार संघीय समाजवादी फोरमबाट पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए ।
सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


