नागरिक संघर्ष जनअभियान नेपालद्वारा जनकचोकमा धर्ना

जनकपुरधाम, १५ असार । नागरिक संघर्ष जनअभियान नेपालले जनकपुरधाममा धर्ना दिएको छ । विभिन्न ५ बुँदे मागसहित शुक्रबार स्थानीय जनकचोकमा धर्ना प्रदर्शन गरिएको हो ।
धर्नामा सहभागीहरुले सबै जातजातीको भूमिहिनहरुलाई कम्तिमा ५ धुर जग्गा र २ कोठे पक्की घरको व्यवस्था गर्नुपर्नेलगायतका विभिन्न ५ बुँदे माग राखेका छन् ।
उनीहरुले सम्पूर्ण नेपाली ऋणीहरुको ऋणमा ३० प्रतिशत र ब्याजमा शत प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने, जनता अदालतको छुट्टै व्यवस्था कायम गर्नुपर्ने, सडक विस्तारको क्रममा पर्ने घरजग्गा, घडेरी, खोतीयोग्य जमीनको उचित मूल्यांकन गरी अविलम्ब भुक्तानी गर्नुपर्नेलगायतका माग गरेका छन् ।
संगठन प्रमुख अशेश्वर कामतले आफूहरुले २५ वर्ष मुनिका युवायुवतीहरुलाई धुम्रपान खरिद बिक्री तथा सेवनमा रोक लगाउने कानून अविलम्ब निर्माण गरी लागू गर्नुपर्ने मागसमेत गरेको बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


