मुख्यमन्त्री कार्की नेतृत्वको कोशी प्रदेश सरकार ढल्यो

विराटनगर, १५ असार । मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि उनको सरकार ढलेको हो ।
९३ सदस्यीय कोशीको प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । तर, मुख्यमन्त्री कार्कीको पक्षमा जम्मा ४६ मत खसेको हो । नेकपा एमालेका ४० र राप्रपाका ६ जना प्रदेशसभा सदस्यले उनलाई मत दिएका हुन् । ९३ प्रदेशसभा सदस्यमध्ये शुक्रबारको बैठकमा ८९ जना मात्र उपस्थित थिए । उनको विपक्षमा ४३ मत खसेको छ ।
प्रदेशसभाको तेस्रो अधिवेशनमा मुख्यमन्त्री कार्कीले अन्तिम समयसम्म आफ्नो पक्षमा एक मत थप्ने प्रयास गरेपनि सफल हुन सकेनन् ।
योसँगै दोस्रो ठूलो दल एमाले संघ र सातवटै प्रदेशमा विपक्षमा धकेलिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


