समाज रुपान्तरणको अभिभारा पूरा गर्नका लागि लामो यात्रा तय गर्न बाँकी : भण्डारी

काठमाडौं, १४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रुपान्तरणको अभिभारा पूरा भइ नसकेको बताएकी छन् ।
बिहीबार काठमाडौंमा मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले समाज रुपान्तरणको अभिभारा पूरा गर्नका लागि लामो यात्रा तय गर्न बाँकी रहेको बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले जनताको जीवनमा सम्पूर्ण रुपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनाको दायित्व पूरा भइ नसकेको बताइन् । उनले राजनीतिक रुपमा केही संरचनागत परिवर्तनहरु भएपनि नेपाली क्रान्ती सम्पन्न भइ नसकेको बताइन् । उनले यसमा पर्याप्त सुधार, परिवर्तन तथा रुपान्तरणका सम्भावनाहरु बाँकी रहेको बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले गौतमबुद्धदेखि अन्य विचारकहरुले मानव जीवनको सुख र शान्तिको बहालीलाई नै आफ्नो खोजको विषय र लक्ष्य बनाएको बताइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


