विराटनगर, १४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पूर्ण समर्थन रहेको बताएको छ ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेपछि प्रदेशसभा बैठकमा बोल्दै राप्रपा सांसद अम्बरबहादुर विष्टले सरकारलाई पूर्ण समर्थन रहेको बताएका हुन् ।

उनले अन्य दललाई पनि समर्थन गर्न र विश्वासको मत दिन आग्रह गरे ।