जनकपुरधाम, १४ असार । नेपाली कांग्रेस निकट नेपाल तरुण दलको केन्द्रिय सदस्यमा युवा नेता संजीव कुमार साह टिका मनोनयन भएका छन् ।

नेपाली कांग्रेस केन्द्रिय कार्यालय काठमाडौंले साहलाई केन्द्रिय सदस्यमा मनोनयन गरेको हो ।

लामो समयदेखि कांग्रेसमा आबद्ध भई राजनीति गर्दै आएका साह २०५४ सालमा नेविसंघका सदस्य बनेका थिए ।

साह २०६२ सालमा नेविसंघबाट रा.रा.ब क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित भएका थिए भने २०६५ सालमा नेविसंघबाट सभापतिको प्रत्यासीसमेत बनेका थिए ।

त्यसैगरी ०६३ सालमा नेविसंघ धनुषाका जिल्ला उपाध्यक्ष बनेका साह २०७४ सालमा जिल्ला धनुषा बसोबास ब्यवस्थापन समितिको सदस्य बनेका थिए । उनी ०७७ सालमा नेपाली कांग्रेस केन्द्रिय युवा निती सम्बन्धि विषयगत समिति सदस्यसम्म बनेका छन् ।

साहले एमबिएस÷एम.ए पोलिटिकल साईन्स अध्यन गरेका छन् ।