एमाले सचिव योगेश भट्टराईमाथि आक्रमणको प्रयास

इलाम, १४ असार । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचान पक्षधरले आक्रमणको प्रयास छन् । इलाममा कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षले एमाले नेता भट्टराई चढेको गाडीलाई रोकेका हुन् ।
भट्टराईलाई इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका हुन् । भट्टराई ७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आजको लोकतन्त्र, उपलब्धि र चुनौती विषयक अन्तरसंवादमा भाग लिन इलाम पुगेका थिए ।
पहिचान पक्षधरले भट्टराई चढेको गाडीलाई रोक्दै पहिचान विरोधी होसियार भन्दै कालो झण्डासहित प्रदर्शन गरेका थिए । उनीहरूले भट्टराईविरुद्ध नाराबाजी पनि गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


