सरकारमाथिको विश्वास अब ५३ प्रतिशतमा झरेको ओलीको दाबी

काठमाडौं, १३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि ९९.९९ प्रतिशत सांसदको विश्वास रहेकोमा अब ५३ प्रतिशतमा झरेको दाबी गरेका छन् ।
बुधबार संसद् भवनबाट बाहिरिँदै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् । आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको विषयमा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले प्रतिनिधिसभा बैठकबाट बुधबार बजेट पारित हुने जानकारी अगाडि नै थाहा भएको बताए । अध्यक्ष ओलीले बजेट पारित हुन्छ भन्ने थाहा भएको, तर प्रक्रियामा मात्र गएको बताएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


