प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित

काठमाडौं, १३ असार । प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित भएको छ ।विनियोजन विधेयक मत विभाजनबाट बजेट पारित गरिएको हो ।
बुधबारको बैठकमा २७५ सांसदमध्ये २० जना अनुपस्थित थिए । २५५ सांसद मात्र उपस्थित रहेकामा बजेटको पक्षमा मत १४७ आयो भने विपक्षमा १०८ मत पर्यो ।
सरकारले करका दर समेटिएको आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले संसद्मा राखेका छन् ।
आर्थिक विधेयक, राष्ट्र ऋणसम्बन्धीसहितका आश्रित विधेयक पारित भएपछि मात्र पूर्ण बजेट पारित भएको मानिन्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


