बजेट पारित भएपनि असन्तुष्टि कायमै छ : अध्यक्ष यादव

काठमाडौं, १३ असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको असन्तुष्टिलाई कायम राख्दै बजेट पारित गरेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाबाट बजेट पारित भएसँगै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।
आफूहरुले राखेको कुरामा अर्थमन्त्रीले सुधार गर्ने भनेपछि अर्थमन्त्रीको कुरा ग्रहण गर्दै बजेट पारित गरेको उनले बताए । यादवले भने, ‘अर्थमन्त्रीले, प्रधानमन्त्रीले बोलिसकेपछि त्यसलाई अनर गर्दै बजेट पास गरेको हो ।’
देशमा भ्रष्टाचारको न्यूनीकरण गर्नुका साथै भ्रष्टाचार हुने कारणको पनि निरुपण गर्नुपर्ने यादवको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


