बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्छ : विनोद चौधरी

काठमाडौं, १३ असार । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधिसभाबाट पारित भएको बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाले बजेट पारित गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
विनियोजन भएको बजेटलाई सम्बन्धित निकायले पूर्ण रुपमा सदुपयोग गर्नुपर्ने औँल्याउँदै उनले मन्त्रालयहरुले बजेट खर्च गर्न सक्नुपर्ने पनि बताए ।
पुँजीगत खर्चलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारले ठोस कदम चालेको उनको दाबी छ ।
बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालय मात्रै नभई सबै मन्त्रालय उत्तिकै जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


