काठमाडौं, १३ असार । काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा मंगलबार पक्राउ परेका चार आरोपितलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

न्यायाधीश वासुदेव पौडेलको इजलासले आरोपितहरूलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा मंगलबार पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतममाथि थप अनुसन्धान गर्न म्याद थपिएको हो ।

मंगलबार पक्राउ परेका अन्य तीन आरोपितलाई भने बाहिरै राखेर अनुसन्धान गर्ने गरी केही घण्टामै रिहा गरिएको थियो ।