जनकपुरधाम, १३ असार । नेपाल उत्पीडित जातीय मुक्ति समाज धनुषाले प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ज्ञापनपत्र बुझाएको छ ।

नेकपा एमाले मधेस प्रदेशका प्रमुख सचेतक लखन दासको नेतृत्व तथा नेपाल उत्पीडित जातीय मुक्ति समाज धनुषाका अध्यक्ष विनोद मण्डलको अगुवाइमा प्रदेश तथा जिल्ला कमिटीद्वारा मावि झिटकहियाका प्रधानाध्यापक मदन कुमार महराको घटनालाई लिएर प्रमुख जिल्ला अधिकारीमार्फत शिक्षा विकास तथा समन्वय इकाई, प्रधानमन्त्री एवम् मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्रमा धनुषाको औरही गाउँपालिका वडा नम्बर–१ मा अवस्थित रामजानकी माध्यमिक बिद्यालय झिटकहियामा प्रधानाध्यापकको रूपमा शिक्षक मदन कुमार महरा विगत २०७४ सालदेखि नै कार्यरत रहेको साथै उनले आफ्नो कार्यकाल कुशलतापूर्वक आफ्नो विद्यालयको सेवा क्षेत्रमा र वरिपरिका गाउँमा पनि छुट्टै पहिचान बनाउन सफल व्यक्तित्व बिद्यालयप्रति समर्पित शिक्षकको रुपमा चिनिनछन् । तर त्यहाँका केहि गैर दलित व्यक्तिहरु राजनीतिक संरक्षणमा आई उनले गरेको राम्रो काम तथा नेतृत्व स्वीकार्न खोजिरहेको छैन । त्यस बिद्यालयमा एक मात्र माध्यमिक दरबन्दी भएको ठाउँमा पदस्थापना भैसकेका मदन महरालाई बिभिन्न दवाव दिई गैरकानुनी प्रक्रियाबाट पुर्वअध्यक्ष ब्रहमदेब यादवले सुजित कुमार यादवले भने बमोजिम गर नत्र जे पनि गर्न सक्छु भनि धम्कि दिदै आइरहेको आरोप लगाइएको छ ।

यता प्र.अ.महराले शिक्षा ऐन तथा नियमावली र कानुन भन्दा बाहिर मबाट केहि हुँदैन भनेपछि प्र.अ.को रुपमा आफ्नो विश्वासी मानिएको काजको शिक्षक मनोज कुमार ठाकुरलाई जिम्मेवारी दिई मदन महरालाई पदमुक्त गरिएको थियो । त्यस घटनामा अभिभावक, बिद्यार्थी, दलित संगठन लगायत कानुनी उपचार पछी पुनर्स्थापित भएको, तत्पश्चात ती घटना सेलाउन नसकिदै सार्वजनिक रुपमासुजित र गैर अभिभावक रामनाथ यादवबाट मदन कुमार महरालाई कालोमोसो दलेको घटना जिल्लाको एक निन्दनीय घटना रहेको छ । राम्रो काम गर्ने मान्छेलाई प्रोत्साहन गर्नुको सट्टा निन्दनीय काम गराइएको थियो ।

ज्ञापनपत्रमा भनिएको छ, ‘अव आएर गैर दलित शिक्षक बद्रि नारायण यादव हाम्रो जातिको हो त्यसलाई नै सरुवा गरी ल्याईनुपर्छ र प्र.अ. महरालाई बिस्थापित गर्नुपर्छ भन्ने सम्मको योजना बनाई एक मात्र माध्यमिक दरबन्दी भएको स्थानमा बिना बिद्यालय र पालिकाको सहमति बिनानै आफ्नो जातको शिक्षक बद्री नारायण यादव हो भनि गैर कानुनी तवरबाट शिक्षा विकास तथा समन्वय इकाई धनुषाबाट सरुवा गरी (काज फिर्ता भने चिठ्ठीमा पदस्थापन सहितको सरुवा गराई) ल्याई बिद्यालयमा एउटा दलित समुदायको शिक्षकलाई योजना बनाई विस्तापित गर्न खोजीरहेको हुनाले ती कानुन बिपरित अनुचित कार्यलाई अबिलम्ब रोकी कानुन सम्बत रुपमा बनाइएको प्र.अ. महरालाई र त्यस विद्यालयको भविष्यलाई बचाउन दिएको अधिकारलाई संरक्षण गर्न प्रशासनलाई ध्यानाकर्षण गराउन चाहन्छौं ।’

जिल्लाको सबै समस्यालाई समाधान गर्न अग्रणी भूमिकामा रहेको जिल्ला प्रशासनबाट नै मिलेमतोमा एउटा दलित शिक्षकलाई विस्थापित गर्न बुझिएकोले र गठित जाँचबुझको समितिको प्रतिबेदन तथा जिल्ला शिक्षा समितिको निर्णयलाई पनि प्रभावित पारी बद्री नारायण यादवलाई बिद्यालयमा उपस्थित गराईरहेकोले त्यहाँका अवस्था स्पष्ट बुझी जातीयता सम्बन्धि विभेदलाई तुरुन्त रोकी विगत देखि नै कार्यरत शिक्षक महराको जिउज्यान समेतको सुरक्षाको जिम्मेवारी लिन मागसमेत गरिएको छ ।

घटनाको अविलम्व निष्पक्ष छानबिन गरि न्यायसंगत ढंगले किनारा नलगाइए आन्दोलन सहितको संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ ।