विभिन्न मुद्दाका ५ जना फरार प्रतिबादी पक्राउ

जनकपुरधाम, १३ असार । धनुषा प्रहरीले विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय फुलगामाबाट खटिएको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नं २० बाट कुटपिट तथा लुटपाट मुद्दामा फरार रहेका ५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका प्रतिवादीहरुलाई बुधबार नै धनुषा जिल्ला अदालतमा उपस्थिति गराइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


