कांग्रेसका क्रियाशिल सदस्य झाद्वारा पार्टी परित्याग

जनकपुरधाम, १३ असार । नेपाली कांग्रेसका क्रियाशिल सदस्य सुजित कुमार झाले पार्टी परित्याग गरेका छन् ।
झाले बुधबार नेपाली कांग्रेसका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ का वडा सभापतिलाई पत्र लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
उनले नेपाली कांग्रेसको कार्यविधिबाट असन्तुष्ट भई पार्टी कमिटि, क्रियाशिल सदस्य तथा साधारण सदस्य समेत नरहने गरि बुधबारबाट नेपाली कांग्रेस परित्याग गरेको घोषणा गर्दछु भनेर वडा सभापतिलाई पत्र पठाएका छन् ।
झा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ निवासी हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


