जनकपुरधाम, १२ असार । राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य हरिनारायण महतो जनकपुरधाम विमानस्थलबाट पक्राउ परेका छन् ।

महोत्तरीको गौशाला नगरपालिका–१ रामनगर घर भएका महतोलाई अभद्र व्यवहार मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।

पक्राउ परेका महतोमाथि गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतोलाई उनकै कार्यकक्षमा दुर्व्यवहार गरेको आरोप छ ।प्रहरीले उनको खोजीकार्य तीव्र पारेपछि लुकिछिपी काठमाडौं भाग्न खोज्दा मंगलवार विहान जनकपुरधाम विमानस्थलबाट पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ ।

पक्राउ परेका महतोले समाजिक सञ्जाल फेसबुकमार्फत उपमेयर महतोलाई गालिगलौज तथा योजनाबद्ध रुपमा अनावश्यक चरित्र हत्या गर्ने किसिमको पोष्ट गर्दै आएका थुए ।

पक्राउ परेका आरोपित महतोलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महतोलाई पक्राउ गर्न सोमबार साँझ उनको घरमा प्रहरीले खोजतलास गरे पनि फेला परेको थिएन । उनी लुकिछिपी जनकपुरधामबाट काठमाडौं भाग्न खोज्दा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीको बिशेष टोलिले पक्राउ गरेको हो ।

महतोले यसअघि पनि हातहतियार तथा खरखजाना एवम् डकैती मुद्दामा सजाय भोगिसकेका छन् ।