काठमाडौं, १२ असार । पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले शाहलाई पक्राउ गरेको हो ।

यसअघि सिआइबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ तथा डिल्लीबजार मालपोतका तत्कालीन कर्मचारीलाई पनि पक्राउ गरिसकेको छ ।

सिआइबीले यस प्रकरणमा फेरि अनुसन्धान अघि बढाएपछि सो प्रकरणमा संलग्नहरू पक्राउ पर्न थालेका हुन् ।