धनुषाबाट १२ लाखभन्दा बढिको चोरी निकासीका सामान बरामद

जनकपुरधाम, ११ असार । धनुषा प्रहरीले १२ लाखभन्दा बढि मुल्य बराबरको चोरी निकासीका सामानहरू बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतको कार्यालयबाट गस्तीमा खटेको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका विभिन्न किसिमका किराना सामग्रीहरू बरामद गरेको हो ।
प्रहरीले १२ लाख ९ हजार १२५ रूपैयाँ बराबरको अवैध भन्सार चोरी निकासीका सामान एवं मोटरसाइकललगायत अन्य सरसामानहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
बरामद गरिएका सरसामानहरू जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा पठाइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


