सप्तरी, ११ असार । सप्तरी प्रहरीले मिटरब्याजीको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका–६ बस्ने मनोज कुमार दास, वडा नम्बर–५ का शिवनारायण यादव र वडा नम्बर–३ का तारिणीप्रसाद साह रहेका छन् ।

पक्राउ गरिएकामध्ये दास राजविराज लगायत यो क्षेत्रमा चर्को ब्याजमा रकम लगानी गर्दै आएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

एसपी कार्कीका अनुसार दासविरुद्ध ५ जनाले चर्को ब्याज असुलेको आरोपमा उजुरी दिएका छन् ।

पक्राउ गरिएकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।