इन्जिनियर इन्द्रजित साफीसहित चारै दाजुभाइले पाए नागरिकताको प्रमाणपत्र

जनकपुरधाम, १० असार । नागरिकताविहिन संघर्ष समितिका अध्यक्ष इन्जिनियर इन्द्रजित साफीसहित चारै दाजुभाइले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् ।
नागकिता नपाएर लामो समयदेखि संघर्षरत इन्द्रजितका दाजुभाइले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट वंशजको नागरिकता पाएका हुन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ भरतपुर घर भएका इन्द्रजितले ३१ वर्षको उमेरमा नागरिकता पाएका हुन् । आमा सोनावतीसँग चार छोराहरु नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
जेठो इन्द्रजित, माहिलो २९ वर्षीय रञ्जित साफी, २२ वर्षका छोटु साफी र कान्छो वर्ष २१ का रविन साफीलाई जिल्ला प्रशासन कार्यालय धनुषाले नागरिकता उपलब्ध गराएको हो ।
उनीहरुलाईलाई प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नागरिकता हस्तान्तरण गरेका हुन् । नागरिकता पाएपछि इन्द्रजितले बल्ल आफूहरु यो देशको नागरिक भएको अनुभुती भएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


