काठमाडौं महानगरले शिक्षकहरूलाई मासिक तलब दिने

काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई अबदेखि मासिक रूपमा तलब उपलब्ध गराउने भएको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामुदायिक विद्यालयका शिक्षकको मासिक तलब उपलब्ध गराउने जानकारी दिएकी हुन् ।
त्यसका लागि ३० करोडको सोध भर्ना कोष खडा गरेको उनको भनाइ छ । शिक्षकहरूले हाल चौमासिक रूपमा तलब पाउँदै आएका छन् ।
यस्तै महानगरले प्रधानाध्यापकको मासिक भत्ता वृद्धि गर्ने घोषणासमेत गरेको छ । महानगरले शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रूपैयाँ विनियोजन गरेको छ ।
यस अन्तर्गत ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमका लागि ५० करोड रुपैयाँ खर्च गरिने छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


